नेकपा एसबाट जोशी र बुढा मन्त्री, कुन कुन मन्त्रालय पाए ?

Advertisement

काठमाडौं । नेकपा एकीकृत समाजवादी ((एस)बाट नयाँ गठवन्धनमा दुई जना मन्त्री हुने भएका छन् । सो पार्टीले भानुभक्त जोशी र धनबहादुर बुढालाई मन्त्री बनाउने निर्णय गरेको हो । 

जोशी सामान्य प्रशासन मन्त्री र बुढा शहरी विकास मन्त्री बन्नेछन् । मन्त्रिपरिषदमा एमालेका ८ जना, माओवादी केन्द्रका ५ जना र राष्ट्रिय स्वतन्त्र पार्टीका ४ जना सहभागी हुने निश्चित भइसकेको छ । 

Advertisement

एमाले अध्यक्ष केपी ओलीसँगको सम्वन्धका कारण नेकपा एसका अध्यक्ष माधव नेपालले सरकारमा सहभागी हुन आनाकानी गरेका थिए । तर मंगलबार प्रधानमन्त्री दाहाल र ओली दुवै उनको निवासमा गएर फकाएपछि सरकारमा सहभागी हुन आज तयार भएका हुन् । 

Advertisement