पाँच लाख २५ हजार संस्थापक शेयर बिक्री गर्दै कुमारी बैंक

Advertisement

काठमाडौं । कुमारी बैंकले पाँच लाख २५ हजार संस्थापक शेयर बिक्री गर्ने भएको छ ।

बैंकले संस्थापक शेयरधनी रुबिका अग्रवालका नाममा रहेको ७५ हजार १८ र बलराम न्यौपानेको नाममा रहेको ४ लाख ५० हजार कित्ता शेयर बिक्री गर्न लागिएको जनाएको छ । लिलामीमार्फत शेयर खरिद गर्न चाहने लगानीकर्ता र बिक्रेताले तोकेबमोजिम मूल्य निर्धारण हुने बैंकले जनाएको छ ।  

Advertisement

उक्त शेयर खरिद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरूले आजको मितिले ३५ दिनभित्र बैंकको प्रधान कार्यालय टंगाल, काठमाडौं वा बैंकको शेयर रजिष्ट्रार नक्सालमा आवेदन दिनुपर्नेछ ।

उक्त समय अवधिमा शेयर खरिद गर्न निवेदन नआएमा उक्त शेयर अन्य व्यक्ति वा संघसंस्थालाई बिक्री गर्ने कम्पनीले जानकारी दिएको छ ।

Advertisement

Advertisement