पहिलो क्याविनेटमा प्रम दाहालले भने– कांग्रेससँग गठवन्धन गर्दा रिबन काट्नेभन्दा कामै भएन

Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले केही गरौं भनेर आफूले जोखिम लिएर नयाँ गठवन्धन बनाएको बताएका छन् । 

नेकपा एमालेसहितको नयाँ गठवन्धनको पहिलो क्याविनेट बैठकमा उनले पूरानो गठवन्धनबाट काम गर्न सहयोग नपाएको संकेत गर्दै अब केही गर्ने बताए । दाहालले परिणाम देखिने काम गर्न नयाँ मन्त्रीहरुलाई निर्देशन पनि दिए । 

Advertisement

प्रधानमन्त्री दाहालले यो सरकारलाई जनताको अपेक्षाअनुसार काम गर्नैपर्ने दबाब रहेको बताए । क्याविनेटका सदस्यको भनाई उदृत गर्दै नेपाल प्रेसले समाचार प्रकाशित गरेको छ । 

दाहालले भने, ‘म अल्पमतमा परेर गठबन्धन चेन्ज गरेको होइन । मलाई काम गर्न पटक्कै सहयोग नभएर, कम्फरटेबल नभएपछि जोखिम मोलेर यो गठबन्धनमा आएका हौं । केही गरौं भन्ने मेरा स्पिरिट त्यता मिलेन, हिजो सोचेजस्तो काम गर्न सकिएन त्यसैले अब ब्रेक थ्रू गर्नु छ ।’

कांग्रेससँग गठबन्धनमा रहेर रिबन काट्ने र समय कटाउनेबाहेक सोचेजस्तो र चाहेजस्तो काम गर्न असहज भएपछि एमालेसँग गठबन्धनमा फर्किनुपरेको उनको आशय छ । 

आजको मन्त्रिपरिषदले सरकारको प्रवक्ताको जिम्मा सञ्चार तथा सूचना प्रविधि रेखा शर्मालाई दिने निर्णय पनि गरेको छ । साथै, संयुक्त बैठकले राष्ट्रसंघको कमिसनअन द स्ट्याटस अफ वुमन सिएसडब्ल्युको ६८ औं सत्रमा भाग लिन जान महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीको भ्रमणलाई स्वीकृति दिने निर्णय गरेको गरेको छ । 

साथै, सरकारले पूर्णता पाएसँगै प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने बताए । 

Advertisement