दोस्रोपटक श्रममन्त्री बनेका अर्याल पुनः ‘श्रमाधान’ सेवा सुचारु गर्दै

Advertisement

काठमाडौँ । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल (डीपी) ले ‘श्रमाधान’ सेवा पुनः सुचारु गर्ने भएका छन् । मन्त्रालयको पदबहाली गरेसँगै उनले श्रम कल सेन्टरलाई प्रभावकारी रूपमा सञ्चालन गरी आन्तरिक तथा आप्रवासी श्रमका समस्या समाधानका लागि प्रभावकारी श्रमाधान सेवा सञ्चालन गर्ने निर्णय गरेका हुन् ।

यसअघि श्रममन्त्री हुँदा अर्यालले उक्त ‘श्रमाधान’ कार्यक्रम सञ्चालनमा ल्याएका थिए । मन्त्रालयमा रहेको कल सेन्टरलाई व्यवस्थित र प्रभावकारी बनाउन भन्दै उनले पहिलोपटक मन्त्री हुँदा १७ माघ २०७९ मा श्रमाधान कार्यक्रमको सुरुवात गरेका थिए । तर, मन्त्री बनेको २२ दिनमा उनको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएसँगै उक्त कार्यक्रम पनि स्थगन भएको थियो । 

Advertisement

बुधबार दोस्रोपटक मन्त्री बनेसँगै पहिलो निर्णय नै उक्त श्रमाधान कार्यक्रमलाई ब्युँताउने बताए । जिज्ञासा र समस्या एकद्वार नीतिबाट समाधान गर्ने उद्देश्यले ‘श्रमाधानः २४ घण्टे सहायक केन्द्र’ सञ्चालनमा ल्याउन लागिएको उनको भनाइ छ । श्रमाधान सेवा हप्ताको सातै दिन २४ घण्टा नै सञ्चालनमा रहने मन्त्रालयले जनाएको छ ।

Advertisement