‘मनाङ मेनिया’ मा सीएफ मोटो एटीभी र एसएसभी राइडर्सको सहभागिता रहने

Advertisement

काठमाडौं । यही फाल्गुन २५ देखि २८ गतेसम्म चार दिने ‘एडभेन्चर एन्ड थ्रिल राइड’ हुने भएको छ । ‘मनाङ मेनिया बाई काठमाडौं लिजेन्ड्स’ नाम दिइएको सो राइडमा सीएफ मोटोका एटीभी तथा एसएसभीका राइडरको सहभागिता रहनेछ । 

विश्वभर प्रचलित रहेको सिएफ मोटोका मल्टिप्रपोज युटिलिटी ट्याक्टर नेपालमा पनि उत्तिकै लोकप्रिय रहेको र एडभेन्चर राइडमा सहभागिता जनाउँदा साहसिक यात्राको साथसाथै भाइचाराको बलियो उदाहरण विश्वलाई दिन सकिने राइडर्सले बताएका छन् ।

Advertisement

उक्त कार्यक्रममा सहभागिता जनाउन राइड आज बिहीबार काठमाडौंबाट मनाङका लागि प्रस्थान गर्नेछन् । 

सीएफ मोटोले हालसम्म सयभन्दा बढी देशमा देशमा तीन हजारभन्दा बढी डिलर नेटवर्कमार्फत आफ्नो बलियो उपस्थिति जनाएको बताइएको छ । 

रिलायन्स ग्रुपकोअन्तर्गतको ऋषि ट्रेड सेन्टर यसको आधिकारित बिक्रेता रहेको छ । कम्पनीले सन् २०१९ मै नाडा अटो सोमार्फत आफ्नो पहिलो मोडल जेड फोर्स ५०० एक्स, साइड बाई साइड नेपाली बजारमा भित्र्याएको थियो ।

कम्पनीले उक्त मोडलपश्चात् ग्राहकको चाहना र आवश्यकता अनुसार सीएफ मोटोका जेड फोर्स ८०० एसएसभी र सी फोर्स ५२० एल मोडलहरु पनि बजारमा बिक्रीवितरण गर्दै आएको छ । 

पोखरा, मुस्ताङ, इलाम, नगरकोट र काठमाडौं आसपासका विभिन्न रिसोर्टमा सीएफ मोटोका मल्टिप्रर्पस युटिलिटी ट्याक्टर सञ्चालनमा रहेका छन् । 
 

Advertisement

Advertisement