सात महिनामा साढे १० अर्बको बोनस शेयर सूचीकृत, पौन २५ अर्बको धितोपत्र निष्काशनको अनुमति

Advertisement

काठमाडौं । चालु आवको ७ महिनामा १० अर्ब ५९ करोडको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । 

राष्ट्र बैंकले आज प्रकाशित गरेको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/८१ को सात महिनामा रु.६५ अर्ब ८६ करोडको साधारण शेयर, रु. १० अर्ब ५९ करोडको बोनस शेयर, रु. ६ अर्ब १० करोडको हकप्रद शेयर र रु.३ करोडको एफपीओ गरी कूल रु. ८२ अर्ब ५७ करोडको थप धितोपत्र सूचीकृत भएका छन् ।

Advertisement

त्यस्तै समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु.९ अर्ब ८१ करोड बराबरको साधारण शेयर, रु. ६ अर्ब २ करोडको डिबेन्चर, रु. ५ अर्ब ४६ करोडको हकप्रद शेयर र रु.३ अर्ब ५० करोडको म्युचुअल फण्ड गरी कूल रु. २४ अर्ब ७८ करोडको धितोपत्र सार्वजनिक निष्काशनका लागि सेबोनले अनुमति दिएको छ ।

Advertisement

Advertisement