बुढानीलकण्ठस्थित ‘क्लासिक भ्यू रिसोर्ट’मा नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्डको लगानी

Advertisement

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फण्डले क्लासिक भ्यू रिसोर्टमा लगानी गरेको छ ।ग्लोबल इक्विटी फण्ड, हिमालयन लाइफ इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा संयुक्त रूपमा प्रवर्धन गरिएको यस फण्डले लग्जरी किसिमको यस रिसोर्टमा लगानी गरेको हो ।

शिवपुरी वन क्षेत्रको मनमोहक दृश्यका साथ बुढानीलकण्ठको पहाडमा अवस्थित क्लासिक भ्यू रिसोर्ट एक पर्यावरणमैत्री रिसोर्ट होटल हो । हाल क्लासिक भ्यू रिसोर्टको निर्माण अन्तिम चरणमा रहेको जनाइएको छ । जुन २०२४ मा सफ्ट ओपनिङ गर्नेगरी काम भइरहेको रिसोर्टले जनाएको छ । 

Advertisement

शिवपुरी जंगलको रमणीय दृश्यका साथ पर्यटकहरुलाई अनुपम अनुभव प्रदान गर्ने यो उच्च स्तरको पर्यावरण मैत्री रिसोर्ट हो । फण्डबाट प्राप्त रकम रिसोर्टको निर्माण प्रक्रियालाई अन्तिम रूप दिन खर्च गरिएको भन्दै रिसोर्टका पं्रवन्ध निर्देशक डा. मनिष थापाले अन्तर्राष्ट्रिय मापदण्ड र प्रोटोकलअनुरूप अन्तर्राष्ट्रिय फ्रेन्चाइज ल्याउन पहल गरिने बताए । 

उनले यस साझेदारी नेपालमा दिगो पर्यटन विकासलाई प्रवर्द्धन गर्ने आफूहरुको प्रतिबद्धताको एउटा उदाहरण हो भन्दै भने, ‘रिसोर्ट घरेलु र अन्तर्राष्ट्रिय पाहुनाहरूका लागि प्रमुख गन्तव्य बन्ने हाम्रो विश्वास छ । हाम्रो यो लगानीले आकर्षक प्रतिफल दिने मात्र नभई स्थानीय अर्थतन्त्र र समुदायमा दिगो सकारात्मक प्रभाव पार्ने गरी नेपालको पर्यटन क्षेत्रको विकासमा पनि महत्वपूर्ण योगदान पुयाउनेमा हामी विश्वस्त छौं ।

Advertisement

Advertisement