गर्मी मौसमका लागि कस्ता मोडलका फ्यानहरु बजारमा ल्याउँदैछ सिजी ?

Advertisement

काठमाडौं । चौधरी समूहको सिजी इलेक्ट्रोनिक्सले गर्मी मौसम (समर सिजन)का लागि विभिन्न प्रकार र मोडलका सिजी फ्यान (पंखा)हरु बजारमा ल्याउने तयारी गरेको छ । 

जाडो मौसम (विन्टर) सिजन सक्किन लागेसँगै सिजी इलेक्ट्रोनिक्सले गर्मी मौसमका लागि उपभोक्ताको चाहना र आवश्यकताअनुसारका फ्यान विभिन्न मोडल, विशेषता, गुणस्तर र मूल्यका फ्यान ल्याउन लागेको हो । 

Advertisement

सिजीको फ्यानमा प्रकार र डिजाइन धेरै छन् भन्दै झाले बीएसडीएल आजको नयाँ प्रविधि भएको र यो प्रविधिको सिलिङ फ्यान विश्वभरी नै लोकप्रिय रहेको बता । बीएलडीसीले ४३ प्रतिशत कम विद्युत खपत गर्छ । बीएलडीसीमा पनि सिजीका चार वटा मोडलका फ्यान छन् । 

ग्राफिक्स, लुक्स, क्वालिटि निकै राम्रो हुने र उर्जाको कम खपत पनि कम हुने भएकाले बीएसडीएल प्रविधिका फ्यान लोकप्रिय बन्दै गएको भन्दै सिजीको बीएसडीएल फ्यान बजार राम्रो रहेको झाले बताए । उनले भने, ‘त्यसबाहेक बजारमा चल्ने सिलिङ फ्यानहरुमा एउटा टीपीडब्ल्यु हुन्छ । बजारमा बिक्री हुने फ्यानमा सिलिङ फ्यान, टेबुल फ्यान, वाल फ्यान, बक्स फ्यान, पेडिस्टर (स्टाण्ड) फ्यान हुन् । हामीसँग सिजीको टेबुल फ्यान र बक्स फ्यान पनि छ । नयाँ खालका बक्स फ्यानमा पनि उपभोक्ताको रुची देखिन्छ ।’ 

प्रेडिस्टरमा सिजीका करिव दर्जन मोडल छन । पेडिस्टरमा रिमोटबाट चल्ने र बिना रिमोट चल्ने दुवै छन् । सिलिङ फ्यानमा १४ वटा मोडल छ । यसमा २४ इन्च, ३६ इन्च, ४८ इन्च, डेकोरेटेड, सेमि–डेकोरेटेड र इकोनोमिक फ्यान छन् । बीएलडीसी फ्यान छुट्टै छ भने सिलिङ फ्यानमा बत्ति बल्ने र रिमोटबाट चल्ने दुवै छन् जुन केही महंगो हुन्छ । यसले बत्तिको उज्यालो पनि दिन्छ । टेबुल फयानमा पनि सिजीको चार वटा मोडल छ जसमा रिमोट भएको र नभएको दुवै पाइन्छ । 

सिजीको फ्यान किन्नुपर्ने मुल कारण नै गुणस्तर हो । चौधरी ग्रुपले न्यून गुणस्तरको सामान बेच्दैन भन्ने पनि उपभोक्तालाई विश्वास छ । झा भन्छन्, ‘हामी जेनुन प्राइसमा बेष्ट प्रोडक्ट मात्रै बिक्री गछौं । विगत १८ बर्षदेखि हामीले यस्ता घरायसी सामानको बिक्रीको उपभोक्ताको विश्वास जित्दै आएका छौं ।’

बजारमा नयाँ नयाँ कम्पनी यस्ता घरायसी सामान बिक्री गर्ने भन्दै आउने, मूल्य पनि बढी लिने, सामानको गुणस्तर पनि नहुने, सेवा पनि नहुने, वारेन्टी भने पनि त्यसको सुनिश्चिता नहुने, सामान बेच्दाबेच्दै कम्पनी बेपत्ता हुने हुन्छभन्दै उनले सिजीका प्राडक्टले उपभोक्ताको पैसाको ‘जष्टिफाइ’ गर्ने बताए । 

झाले सिजीको फ्यान किन्दाको महत्वपूर्ण सुविधा भनेको बिक्रीपछिको सेवा पनि हो भने । सिजी इलेक्ट्रोनिक्सको देशभर नै सेवा केन्द्रहरु छन् । कतै सिजीको आफ्नै सेवा केन्द्र छ भने कतै फ्रेन्चाइजमा सेवा केन्द्र रहेका छन् । 

बजारमा अहिले फ्यान बिक्री गर्ने कम्पनी सयभन्दा धेरै छन्, जसमा सिजीका फ्यानको मात्रै बजार हिस्सा १० देखि १२ प्रतिशत रहेको अनुमान छ । फ्यानको बजारमा सिजी ब्राण्डलाई ‘मार्केट लिडर’ फरक नपर्ने झाको भनाई छ । फ्यानको बिक्रीमा इण्डियन कम्पनीहरुसँग आफूहरुको मुख्य प्रतिस्पर्धा रहेको उनले बताए । 

झाले सिजीका सिलिङ फ्यान तीन हजारभन्दा कमदेखि १३ हजार पाँच सयसम्म तथा स्टाण्ड फ्यानमा तीन हजार पाँच सयदेखि छ हजार पाँच सय रुपियाँसम्मको रहेको बताउँदै हरेक आर्थिक अवस्थाका उपभोक्ताले सुविधा हेरेर फ्यान किन्नसक्ने बताए । उनले भने, ‘सबै प्रकारका उपभोक्तालाई लक्षित गरेर हामीले फ्यानहरु बजारमा ल्याउँदै छौं ।’ यस बर्षको गर्मी मौसममा सिजीका फ्यानहरुको बिक्री उत्साहजनक रहने आफूहरुको विश्वास रहेको झाले बताए । 

सिलिङ फ्यान किन्दा सिजीको बीएलडीसी फ्यान किन्न उनले सल्लाह पनि दिए । नयाँ कन्सेप्ट र प्रविधिको भएकाले यो केही महंगो लागे पनि फाइदा धेरै रहेको उनको भनाई छ बिजुली धेरै बचत हुने भएकाले बढी लागत एक बर्षमा नै समेटिन् झाले बताए । सिजीको सबै खालका सिलिङ फ्यान किन्दा दुई बर्षको वारेन्टी पनि छ भने पेडिस्टलमा एक बर्ष र दुई बर्ष वारेन्टी छ । 

सिजी इलेक्ट्रोनिक्सअन्तर्गत थुप्रै ब्राण्डहरु छन् । त्यसमध्ये एउटा सिजी हो जुन स्वदेशी ब्राण्ड पनि हो । सिजी होम एप्लाइन्सेज, होम इन्टरनेटमेन्ट इलेट्रिक गरी विभिन्न सेगमेन्ट  छन् । सिजी ब्राण्डको पोर्टफोलियोमा ५० भन्दा बढी प्रोडक्ट लाइन छ । जसमध्ये सिजी होम एप्लाइन्सेजमा मात्रै ३५ वटा प्राडक्ट लाइन छ । यसमा विभिन्न डिजाइन, प्रविधि , क्षमताका आधारमा पाँचसयभन्दा धेरै मोडलहरु छन् । यिनीहरुलाई विन्टर, किचन, कुकिङ, समर, अल्टेन्स आदि गरेर विभिन्न समूहमा राखिएको छ । 

सिजी इलेक्ट्रोनिक्सले नयाँ सिजन सुरु हुन लागेसँगै एसी, कुलर, फ्यान, वाटर डिस्पेन्सरलगायतका आफ्ना सामानहरु बिक्रीको अभियान सुरु गर्न लागेको छ । झा भन्छन्, ‘उपभोक्ताको आवश्यकताअनुसार थुप्रै ब्राण्डका विभिन्न सामानहरु चौधरी समूहले बिक्री गर्दै आएको छ । त्यसमा बजारमा जति चाहिन्छ, त्यति सिजी ब्राण्डका प्राडक्ट पनि हामीसँग छ । यसमा थुप्रै मोडल, डिजाइन, प्रविधिका छन् । बजारको माग र आवश्यकताअनुसार सबै सेगमेन्टका सिजीका फ्यानलगायतका सामान हामीसँग छ । 

सिजीमा सिजी र सिजी म्यारिडिया दुई वटा ब्राण्ड छन् । सिजी म्यारिडिया प्रिमियम कस्टोमरका लागि हो भने इकोनोमिक कस्टोमरका लागि सिजी छ । ‘गुणस्तरमा दुवै राम्रो हो । तर डिजाइन, लुक्स, ग्राफिक्समा म्यारिडियामा केही अपग्रेड गरिएको छ, उनले भने । सिजी मेरिडियाको होम अप्लाइन्सेजमा सीमित (११ वटा) प्रोडक्ट मात्रै छन् । यद्यपि भविश्यमा यसका प्रोडक्टहरु थप्दै लाने योजना रहेको झाको भनाई छ । 

सिजीका सबै प्रोडक्ट नेपालमै एसेम्ब्लिङ हुने हो । पार्टपुर्जा ल्याउँदा पनि त्यसको गुणस्तर चेकजाँच हुन्छ भने नेपालमा एसेम्ब्लिङ भईसकेपछि पनि बिक्रीका लागि बजारमा लानुअघि पीडीआई (प्रि–डेलिभरी इन्स्पेक्सन) हुन्छ । 

Advertisement

Advertisement