लाभांश प्रस्ताव पारित गर्न साल्ट ट्रेडिङले बोलायो साधारणसभा, बुकक्लोज कहिले ?

Advertisement

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले ५७ औं वार्षिक साधारणसभा बोलाएको छ । सभा यही चैत्र २३ गते शुक्रबार त्रिभुवन आर्मी आफिसर्स क्लब भद्रकाली, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । 

सभामा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम कम्पनीको हाल कायम चुक्ता पुँजीको १५ प्रतिशतका दरले हुने चार करोड १८ लाख ३२ हजार ६४६ रुपियाँबराबरको बोनस शेयर जारी गर्ने र ०.७९ प्रतिशतका दरले नगद लाभांश (करसहित) वितरणको प्रस्ताव स्वीकृत गर्नेछ । 

Advertisement

त्यस्तै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब र नगद प्रवाहलगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ । साथै, चालू आवका लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले चैत्र ९ गतेदेखि बुक क्लोज गर्नेछ । जसअनुसार चैत ८ सम्म नेप्सेमा कारोबार भर्इ कायम शेयरधनीले सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

Advertisement