अफरोडमा एमजी फोरको ‘स्ट्रेन्थ टेस्ट’

Advertisement

काठमाडौं । एमजीको आधिकारीक वितरक पारामाउन्ट मोटर्सले एमजी फोर ईभीको ‘स्ट्रेन्थ टेस्ट’ गरेर चालकहरुलाई अनौठो अनुभव गर्ने अवसर प्रदान गरेको छ । कम्पनीले १०० जनाभन्दा बढी सेलिब्रेटी, मिडियाकर्मी र सोसल मिडियामा प्रभाव पार्ने मानिसहरुलाई सहभागी गराएर सो अवसर दिएको हो । 

धुलिखेलमा रहेको डर्ट ट्याम्पलमा विशेष ट्रयाक बनाएर ‘इन्डुरेन्स’ गरिएको थियो । त्यहाँको डर्ट ट्रयाकमा सहभागीहरुले आफैँले ड्राइभ गरेका थिए । टेस्टमा एमजी फोरको ग्राउन्ड क्लियरेन्स, चारवटै चक्कामा रहेका इन्डिभियूजल सस्पेन्सनको पर्फमेन्स, त्यसको पावर र पीकअपको अनुभव लिएका थिए ।

Advertisement

null

हिलो बाटोको पर्फमेन्स, सार्प टर्निङमा गर्न सक्ने पर्फमेन्सजस्ता विषयमा सहभागीले परीक्षण गरेका थिए ।

एमजीको डेडिकेटेड ईभी प्लेटफर्ममा बनेको पहिलो ईभी एमजी फोर विशेष तरिकाले बनाइएको डर्ट ट्रयाकमा ‘अमेचर ड्राइभ’ गराएको थियो । उक्त ट्रयाकमा पथहोल, टेवल टप, सार्प टर्निङ, मडी, बम्पी बाटो तयार गरेर कारको स्ट्रेन्थ टेस्ट गरिएको थियो ।

एमजी फोरमा १६५ एमएमको ग्राउण्ड क्लियरेन्स भए पनि स्टीफ सस्पेन्सनका कारण चार जना बसेर गाडी चलाउँदा पनि ग्राउन्ड क्लियरेन्स दुरुस्त पाइएको थियो । यसको हिल होल्ड, हिल डिसेन्ट कन्ट्रोल तथा रियर ह्वील ड्राइभका कारण अफ्ठ्यारो बाटोमा पनि राम्रो पर्फमेन्स दिएको थियो ।

undefined

नेपालमा भएको परीक्षणपछि एमजी फोर एक ह्याचब्याक मोडल भएर पनि सहरका चिल्ला बाटोमा मात्र नभई बिग्रिएका, खाल्डाखुल्डी भएका, हिलो तथा कच्ची बाटोहरुमा पनि उपयुक्त रहेको एमजीले आज अभ्याससहित पुष्टी गरेको हो । 

यसले हामी सहभागिलाई नयाँ अनुभवसँगै ईभीमा पहिलो थ्रील प्रदान गरेको थियो ।

Advertisement

Advertisement