भारतीय बैंकमा जम्मा गरिएको पैसा नेपाली बैंकबाट भुक्तानी पाइने, राष्ट्र बैंकको आयो निर्देशन

Advertisement

काठमाडौं । भारतीय बैंक तथा वित्तीय संस्थामा खोलिएको खातामा जम्मा गरिएको पैसा नेपालका बैंकमा पठाउन सकिने भएको छ । 

नेपाल राष्ट्र बैंकले आज एकीकृत परिपत्र २०८० मा संशोधन गर्दै भारतबाट नेपालमा रेमिट्यान्स भित्र्याउने प्रयोजनका लागि उक्त व्यवस्था गरिएको हो ।

Advertisement

राष्ट्र बैंक र भारतीय रिजर्व बैंकले व्यवस्था गरेको इण्डो नेपाल रेमिट्यान्स फ्यासिलिटी स्कीम अन्तरगत उक्त व्यवस्था गरिएको हो ।

नेपालमा कार्यरत भारतीय नागरिकले पनि यहाँका बैंक र राष्ट्रिय स्तरका विकास बैंकमा जम्मा गरिएको पैसा दैनिक भारु १५ हजार र प्रतिमहिना भारु १ लाख सटही सुबिधा पाउने छन् । 

undefinedundefined
 
 

Advertisement