सुनको मूल्य प्रतितोला पाँच सय रुपियाँ घट्यो

Advertisement

काठमाडौं । सोमबार सुनचाँदीको भाउ घटेको छ ।  सुन प्रतितोला ५ सय र चाँदी प्रतितोला १० रुपियाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख २४ हजार ५ सय र तेजावी सुन प्रतितोला १ लाख २३ हजार ९ सय रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ५ सय २० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement