घट्यो शेयर बजार, करीब साढे ३ अर्बको कारोबारः यी ५ कम्पनीका लगानीकर्ताले ९ प्रतिशत बढी कमाए

Advertisement

काठमाडौं । शेयर बजार आज पनि तल झरेको छ । आज ३.३४ अंकले बजार घटेको हो । ०.१६ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०६३.९५ अंकमा झरेको छ ।

आज ३०५ कम्पनीका ९४ लाख ४५ हजार ६ सय ९७ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४९ करोड ६२ लाख ८४ हजार ३६.१६ रुपियाँ बराबरको कारोबार भएको हो । 

Advertisement

बजार समग्रमा घटे पनि विभिन्न ५ कम्पनीका शेयरधनीहरुले ९ प्रतिशत बढी कमाएका छन् । गोर्खाज फाइनान्स, बुद्धभूमि नेपाल हाइड्रो, सर्वोत्तम सिमेन्ट, गुराँस लघुवित्त र धौलागिरि लघुवित्तका लगानीकर्ताहरुले क्रमशः १०, १०, ९.९९, ९.९४ र ९.२८ प्रतिशतले नाफा कमाएका छन् । 

त्यस्तै बोटलर्स नेपाल बालाजुका लगानीकर्ताहरुले सबैभन्दा बढी ९.३२ प्रतिशतले घाटा व्यहोरेका छन् । 

आज सोनापुर मिनिरल्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको १९ करोड ५२ लाख ९७ हजार १ सय ५१.१० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

साताको पहिलो दिन आइतबार शेयर बजार १०.६२ अंकले घट्दा ३ अर्ब ३८ करोड ७९ लाख ८० हजार ३ सय ८४.३३ रुपियाँ, सोमबार ३।२७ अंकले बजार उचालिंदा २ अर्ब ८८ करोड ५६ लाख ३७ हजार ८ सय १८.९१ रुपियाँ र हिजो मंगलबार बजार ६.२४ अंकले घट्दा ३ अर्ब ६३ करोड ३९ लाख ३६ हजार ५ सय ५४।८७ रुपियाँ बराबरको कारोबार भएको थियो । 
 

Advertisement

Advertisement