प्रभु क्यापिटलले गर्यो भिजिट मर्चेन्ट बैंक कार्यक्रम

Advertisement

काठमाडौं । विश्व वित्तीय सप्ताह (ग्लोबल मनि वीक) २०२४ को अवसरमा प्रभु क्यापिटल लिमिटेडले वित्तिय साक्षरता कार्यक्रम अन्तर्गत भिजिट मर्चेन्ट बैंक कार्यक्रम सम्पन्न गरेको छ । 

विश्व वित्तीय सप्ताह खास गरी किशोर तथा युवा–युवतीहरूमा वित्तीय शिक्षाको महत्व जागरण गराउने उद्देश्यले ओइसीडीको संयोजनमा हरेक वर्ष मार्च २२ देखि २८ सम्म मनाउने गरिन्छ । यस वर्ष ग्लोबल मनि वीकको अवसरमा क्यापिटलले बिभिन्न कार्यक्रमहरु गरि संचालन गर्ने क्रममा आज आज भिजिट मर्चेन्ट बैंक कार्यक्रम सम्पन्न गरेको हो ।

Advertisement

उक्त अवसरमा प्रभु क्यापिटलले ग्वार्काे स्थित रहेको काठमाडौं कलेज अफ म्यानेजमेन्टका स्नातक (बीबीए) अध्ययन गर्दै गरेका विद्यार्थीहरूलाई भिजिट मर्चेन्ट बैंक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा प्रभु क्यापिटलका प्रमुख लगानी अधिकृत दुर्गानन्द झाले प्रशिक्षण दिएका थिए । यस कार्यक्रममा विद्यार्थीहरूले मर्चेन्ट बैंकले गर्ने कार्य, कार्यशैली, पूँजी बजार, लगानी तथा जोखिमको बारेमा ज्ञान हासिल गरेका छन् । 

कार्यक्रममा प्रशिक्षकले विद्यार्थीहरूलाई मर्चेन्ट बैंकले गर्ने कामकाज तथा कार्यशैली लाई विस्तारित रुपमा व्याख्या गर्नुका साथै पूँजी बजारको विभिन्न उपकरणहरुको अवसर तथा जोखिम बारेमा प्रकाश पारेका थिए । 

सानै उमेर देखि आफुसंग रहेको पैसालाई एकीकृत गरी पूँजी निर्माण गर्न सकिने, जोखिम पहिचान र व्यवस्थापन, पूँजी विनियोजनको रणनीति तथा विभिन्न लगानीहरुको अवसर र चुनौतीका विषयमा प्रस्तुतिकरण गरिएको थियो । यससंगै क्यापिटलका विभिन्न विभागहरुमा विद्यार्थीहरूलाई भ्रमण गराई थप जानकारी प्रदान गरिएको थियो ।

प्रभु क्यापिटलले शेयर लगानीमा सचेतना अभिवृद्धिका लागि समय समयमा शेयर तथा पूँजी बजारसंग सम्बन्धित विभिन्न तालिम, वर्कसप तथा सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ । यस विश्व वित्तीय सप्ताहको अवसरमा क्यापिटलले लगानी तथा जोखिम व्यवस्थापन सम्बन्धी विविध कार्यक्रमहरु गरी संचालन गर्ने योजना रहेको जनाएको छ ।
 

Advertisement

Advertisement