मानुषी लघुवित्तले डाक्यो एजीएम, बुक क्लोज कहिले ?

Advertisement

काठमाडौं । श्रृशनशील लघुवित्तसँग डिमर्जको प्रक्रियामा रहेको मानुषी लघुवित्त वित्तीय संस्थाले पाँचौं वार्षिक साधारणसभा बोलाएको छ । सभा चैत्र ३० गते शुक्रबार, होटल उग्रचण्डी, बनेपा–७, काभ्रेपलाञ्चोकमा बिहान साढे १० बजेदेखि सुरु हुनेछ ।

सभाले गत आर्थिक वर्षको प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाहलगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नेछ । साथै, चालू आवका लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक पनि तोक्नेछ । 

Advertisement

साथै, प्रबन्धपत्र र नियमावली संशोधन गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने एजेन्डा पनि सभाको छ ।

सभा प्रयोजनार्थ कम्पनीले चैत्र १९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ चैत्र १८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनी सभामा सहभागी हुन पाउनेछन् । 

Advertisement