हिमाल दोलखा हाइड्रोद्वारा एकसाथ दुई आवको साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

Advertisement

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनीको साधारणसभा यही चैत २९ गते बस्दैछ । 

एकैसाथ दुई आर्थिक वर्षको सभा बस्न लागेको कम्पनीले जनाएको छ । 

Advertisement

सभा सेलिब्रेसन हाइट, सुकेधारा, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । यद्यपि, सभामा लाभांशसम्बन्धी कुनै प्रस्ताव गरिएको छैन । 

सभामा दुई आव २०७८/०७९ र २०७९/०८० को नाफा नोक्सानबारे छलफल हुनेछ । साथै, चालू आवका लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने बताइएको छ । 

त्यस्तै, सभाले स्वतन्त्र सञ्चालक पनि नियुक्त गर्नेछ ।

सभा प्रयोजनका लागि कम्पनीले चैत १८ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, चैत १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहने शेयरधनी मात्र सभामा भाग लिन पाउनेछन् ।

Advertisement

Advertisement