सिंगटी हाइड्रोको अवितरित हकप्रद शेयरमा आजदेखि आवेदन दिन सकिने

Advertisement

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले बिक्रीमा ल्याएको अवितरित हकप्रद शेयरमा आज (चैत्र १२ गते) देखि खरिदका लागि आवेदन दिन सकिने भएको छ । 

कम्पनीले १ः१ अनुपातमा निष्कासन तथा बिक्री खुला गरेको हकप्रदमा पूर्ण आवेदन नपरेपछि बाँकी रहेको शेयर गोप्य शिलबन्दी बोलपत्रमार्फत बिक्री गर्ने लागेको हो ।

Advertisement

कम्पनीले प्रतिकित्ता न्यूनतम मूल्य एक सय रुपियाँमा ४६ लाख ११ हजार ५९३ कित्ता शेयर बिक्रीमा ल्याएको छ । जसमध्ये २६ लाख ८५ हजार ९५० कित्ता शेयरको ‘लक इन’ अवधि आउँदो चैत्र २६ गतेसम्म रहेको कम्पनीले जनाएको छ । 

यसमा खरिदकर्ताले चैत्र २० गतेसम्म आवेदन दिन पाउनेछन् । शेयर खरिदका लागि आवेदन दिँदा न्यूनतम १०० कित्ता र अधिकतममा सबै कित्ता शेयरका लागि आवेदन दिन सकिनेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । 

undefined

Advertisement

Advertisement