आफूखुसी गैरहाजिर २३ प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन मुख्यालयको निर्देशन

Advertisement

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले सम्पर्कविहीन प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको छ ।

प्रधान कार्यालयले एक सूचना सार्वजनिक गर्दै आफूखुसी पुसदेखि सम्पर्कमा नआएका २३ जना प्रहरीलाई सम्पर्कमा आउन आग्रह गरेको हो । 

Advertisement

प्रधान कार्यालयले आफूखुसी गैरहाजिर रहेको र खोजतलास गरी सूचना टाँस भइसक्दा पनि सम्पर्कमा नआएकाले एक हप्ताभित्र चित्तबुझ्दो स्पष्टीकरणसहित उपस्थित हुन निर्देशनसमेत दिएको छ । 

साथै, एकपटक सफाइको मौका दिइएको र सो समयभित्र उपस्थित नभएमा सेवाबाट बर्खास्तसमेत गरिने प्रधान कार्यालयले जनाएको छ । 

undefined

Advertisement

Advertisement