लाभांश पारित गर्न माउन्टेन इनर्जीको साधारणसभा आज

Advertisement

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडको वार्षिक साधारणसभा आज (चैत १३ गते) बस्ने भएको छ । 

सभा, अम्रपाली ब्यांकेट, भाटभटेनी, काठमाडौंमा बिहान साढे १० बजे सुरु हुनेछ । 

Advertisement

सभामा कम्पनीले १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७८ प्रतिशत नगद लाभांशको प्रस्ताव पेस गर्नेछ । 

त्यस्तै, गत आवको वार्षिक प्रतिवेदनहित, नगद प्रवाह र नाफा–नोक्सान लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै चालू आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक तोक्नेछ । 

कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने एजेन्डा पनि सभामा प्रस्तुत हुने बताइएको छ ।

सभा र लाभांश वितरण प्रयोजनका लागि फागुन ३० गते बुक क्लोज गरिसकेको छ ।

Advertisement

Advertisement