कर्मचारी  सञ्चय कोषले हिसाब मिलान गर्न ६ वर्ष नाघेका सञ्चयकर्तालाई बोलायो

Advertisement

काठमाडौं । कर्मचारी सञ्चय कोषले सञ्चयकर्तालाई कोषमा जम्मा रहेको रकम बुझ्न र हिसाब मिलान गर्न आग्रह गरेको छ । 

विगतमा नियमित रूपमा कोषकट्टी रकम जम्मा गरेका तर सेवाबाट अवकाश, मृत्यु, संस्था खारेज या बन्द भएका कारण कोषमा जम्मा हुन नसकेका सञ्चयकर्तालाई रकम लिन तथा हिसाब मिलान गर्न आग्रह गरेको हो । 

Advertisement

यस्तो रकम जम्मा भएको ६ वर्ष नाघिसकेका सञ्चयकर्ताको रकम कोषमा व्यवस्थापन भइरहेको पनि बताइएको छ । यद्यपि, सञ्चयकोष ऐन २०१९ को दफा १५ (क) को उपदफा ३ (क) बमोजिम व्यवस्थापन हुने रकममा ब्याज प्रदान नगरिने कोषको भनाइ छ । 

भुक्तानी लिन बाँकी सञ्चयकर्तालाई आवश्यक कागजातसहित कोषको नजिककै कार्यालयमा सम्पर्क राख्न आग्रह गरिएको छ । 

भुक्तानी लिन तथा हिसाब मिलान गर्न सेवाबाट अवकाश भएको वा संस्था खारेज/बन्द, विघटन भएको मिति खुलेको पत्र लैजानुपर्नेछ । साथै, कोषको परिचयपत्र, पेन्सनपट्टा/नागरिकता पनि आवश्यक पर्नेछ । 

त्यसैगरी मृत्यु भएका सञ्चयकर्ताको हकमा भने इच्छाइएको/हकवालको नगारिकता, सञ्चयकर्ताको मृत्यु दर्ता प्रमाणपत्र तथा नाता प्रमाणित पत्र आदि कागजात चाहिने कोषले जनाएको छ । 

साथै, केवाईसी (नो योर कस्टमर) नगरेका सञ्चयकर्ताको हकमा भने कोषको आधिकारिक वेबसाइटबाट फर्म भर्न सकिने छ। 

Advertisement