कृषि विकास बैंकले ग्लोबल मनि वीकका अवसरमा गर्यो वित्तीय साक्षरता कार्यक्रम

Advertisement

काठमाडौं । बिश्व बैंकको आव्हानमा ग्लोबल मनि वीकका अवसरमा कृषि विकास बैंकले सबै प्रदेशमा बित्तीय साक्षरता कार्यक्रमा संचालन गरेको छ ।  

यसै सन्दर्भमा बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुmङको उपस्थितिमा कोशी प्रदेशको आयोजनामा हरिनगरा माध्यमिक बिद्यालय, हरिनगरमा बित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको छ । 

Advertisement

विद्यालयका ११ र १२ कक्षामा अध्ययनरत विद्यार्थीहरुलाई बैंकका प्रमुखकार्यकारी अधिकृत गुरुङले बैंक, विद्युतिय बैंकिङ सेवा, क्रिप्टो करेन्सी, क्यास लेस, पेपरलेस बैंकिङ सेवाहरु, बेलैमा बचत गर्ने बानीको बिकास, कर्जा, निक्षेप, एजेन्सी सेवालगायत, बचतको महत्व, खाताबाट कारोबार गर्दा हुने फाईदा, विद्युतीय कारोबार गर्दा अपनाउनु पर्ने सावधानी, पारिवारिक खर्चको लेखापालन विषयमा प्रकाश पार्नु भएको थियो । साथै आर्थिक समृद्धिका लागि परिवारका सदस्यहरुको भूमिका,आम्दानीको बढी अंश बचत गरेर उत्पादनमुलक क्षेत्रमा लगाउनु पर्ने बारेमा प्रकाश पारे । 

बैंकका उपमहाप्रबन्धकहरु प्रताप सुबेदी, बाबुकाजी थापा, यज्ञप्रकाश न्यौपाने, दीर्घबहादुर अर्याल र प्रेमकुमार श्रेष्ठको उपस्थिति थियो । 

undefined

बैंकका प्रदेश कार्यलयहरुले चैत्र ५ देखी ११ गतेसम्म सामुदायिक विद्यालय लगायत बिभिन्न २४ स्थानहरुमा वित्तीय सारक्षता कार्यक्रम संचालन गरिएको छ । 

नेपाल राष्ट्र बैंकले लुम्बिनी प्रदेशमा आयोजना गरेको प्रभातफेरी कार्यक्रममा प्रदेश कार्यालय भैरहवाको सहभागिता थियो । 

यसैगरी बैंकका उपमहाप्रबन्धक यज्ञप्रकाश न्यौपानेको उपस्थितिमा कृषि बिकास बैंक गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको आयोजनामा  पूर्वी नवलपरासी जिल्लाको अमलटारी होमस्टे, रुपन्देही जिल्लाको धकधही र कपिलबस्तु जिल्लाको खनुवाका विद्यालयका ११ र १२ कक्षामा अध्ययनरत विद्यार्थीहरुलाई वित्तीय साक्षरता प्रदान गरिएको थियो । 

undefined

Advertisement