सिटिजन लाइफद्वारा गार्गी कन्या गुरुकुललाई ३ लाख सहयोग

Advertisement

काठमाडौं । श्री गार्गी कन्या गुरुकुल प्रतिष्ठानद्वारा बिगत २०६८ साल देखी स्थापना भई चितवन जिल्लाको देवघाटमा  गार्गी कन्या गुरुकुल सन्चालन हुँदै आएको छ । 

यो गुरुकुल नेपालकै पहिलो समावेशी गुरुकुल हो, जहाँ नेपालको बिभिन्न ठाउँ देखी हरेक समूहका महिला छात्राहरुलाई बिना कुनै भेदभाव कक्षा ६ देखी १२ सम्म नेपाल सरकारको सरकारी पाठ्यक्रम अनुसार अध्यापन गराइन्छ । साथै संस्कृत विषयको पनि अध्यापन गराइन्छ र निःशुल्क भोजन्, आवासको पनि व्यवस्था रहेको छ ।

Advertisement

यसैक्रममा आफ्नो संस्थागत समाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका  प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमाल, सेल्स हेड रिता पाठकद्वारा गार्गी कन्या गुरुकुल प्रतिष्ठानका उपाध्यक्ष डा. मन काफ्ले, सल्लाहकार भागवतीकुमार काफ्लेलाई रु. ३ लाखको चेक हस्तान्तरण गरिएको छ । 

सिटिजन लाइफको यस सहयोगले कन्या गुरुकुललाई विद्यालय सन्चालन गर्न केही मद्दत हुने अपेक्षा राखिएको छ । 
 

Advertisement