जीहो ब्राण्डका इलेक्ट्रिक स्कुटर किन्दा ८१ हजारसम्म छुट पाइने !

Advertisement

काठमाडौं । नेपालमा सीएफ मोटो र जीहो ब्राण्डका इलेक्ट्रिक स्कुटरको आधिकारिक बिक्रेता ऋषि ट्रेड सेन्टरले नयाँ वर्ष २०८१ का लागि धमाकेदार अफर सार्वजनिक गरेको छ ।

आजदेखि आगामी वैशाख ३१ गतेसम्म जारी रहने अफरअन्तर्गत जिहो ब्राण्ड रोज्ने र खरिद गर्ने ग्राहकले स्क्र्याच कार्डमार्फत आठ हजार १०० रुपियाँदेखि ८१ हजार रुपियाँसम्म छुट पाउने छन् । यस्तै, निःशुल्क थर्ड पार्टी इन्स्योरेन्स तथा एक थान हेलमेट पनि पाउने कम्पनीले जनाएको छ ।

Advertisement

यसैगरी एक्सचेञ्ज गर्न आउने ग्राहकले भने सिधै १५ हजार रुपियाँ थप मूल्याङ्कन पाउने छन् भने निःशुल्क थर्ड पार्टी इन्स्योरेन्स र एक थान हेलमेट पाउने छन् ।

अफर अन्तर्गतका सबै ग्राहकले कम्पनीको बम्पर अफरमा पनि समान हैसियतमा सहभागिता जनाउन सक्ने छन् । जसमा १ जना भाग्यशाली विजेताले कम्पनीको तर्फबाट ४ रात र पाँच दिनको थाइल्याण्ड भ्रमणको प्याकेज पाउन सक्नेछन् ।

Advertisement

Advertisement