सिद्धार्थ बैंक र आईएफसीबीच सम्झौता

Advertisement

काठमाडौं । जोखिम व्यवस्थापन, लैङ्गिक, डिजिटल तथा जलवायुवित्त क्षेत्रहरुमा क्षमता अभिवृद्धि गर्नका लागि सिद्धार्थ बैंक र इन्टरनेशनल फाइनान्स कोअपरेशन (आईएफसी) बीच सम्झौता भएको छ । 

बैंकले ‘डिजिटल फर्स्ट’ अभ्यास अपनाइ सुशासन पक्षहरुमा केन्द्रित हुँदै दिगो विकासलाई सधैं प्राथमिकतामा राखेर आफ्ना समग्र रणनीतिहरु वातावरण मैत्री एवम् समाज केन्द्रित बनाउँदै आएको जनाएको छ । 

Advertisement

उक्त सम्झौताले उल्लेखित क्षेत्रहरुमा बैंकको क्षमता अभिवृद्धि तथा अन्तराष्ट्रिय असल अभ्यास अनुशरण गरी बैंकलाई अझ बढी सुदृढ एवम् सवल बनाई आफ्ना लक्ष्यहरु हासिल गर्न थप टेवा पुग्ने विश्वास लिएको छ ।

आईएफसीको ग्लोबल ट्रेड फाइनान्स कार्यक्रमको सदस्य पनि रहेको बैंक आईएफसीद्वारा आयोजित १०औं ग्लोबल ट्रेड अवार्डमा ‘बेस्ट अपरेशन बैंक इन साउथ एशिया २०२१’ अवार्डबाट पनि सम्मानित भएको थियो । 

त्यसैगरी केहि समय अघि मात्र पनि सिद्धार्थ बैंक र आईएफसीबीच नेपालका लघु, साना तथा मझौला उद्यमी (एसएमई) हरुको व्यवसायमा र जलवायु वित्त (क्याइमेट फाइनान्सिङ) मा लगानी गर्ने सम्झौता भईसकेको छ । जस अन्तर्गत आईएफसीले बैंकलाई ५ करोड ५० लाख अमेरिकी डलर ऋण पनि प्रदान गरेको छ ।

Advertisement

Advertisement