आगामी नीति तथा कार्यक्रम र बजेट ‘जनमुखी’ आउँन्छः प्रम दाहाल

Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ गठवन्धन सरकारको गति बढाउने उद्देश्यले निर्माण भएको दावी गरेका छन् । 
 
शुक्रबार मकवानपुरमा आयोजित कार्यक्रममा उनले यो गठवन्धनको उद्देश्य जनताका आकांक्षा पूरा गर्नु रहेको बताए । नयाँ गठवन्धनले एक महिनामै धेरै राम्रो काम गरेको दाहालले बताए । 

उनले भने, ‘नयाँ समीकरण बनेको एक महिना नपुग्दै धेरै राम्रा काम अगाडि बढेका छन् । अब देशको आर्थिक क्षेत्र पनि चलायमान हुन्छ ।’ विकास र समृद्धिको यात्रालाई जोड दिएर जनताका आकांक्षालाई सम्बोधन गर्ने उल्लेख दाहालले बताए । 

Advertisement

प्रधानमन्त्री दाहालले सुशासन र विकासमा केन्द्रित रही आगामी दिनमा सकारात्मक नतिजा दिने दाबी गर्दै थपे, ‘दिनदिनै काठमाडौंमा जुलुस गर्नुपर्ने अवस्था बदलिएको छ । सहकारी पीडितको समस्या समाधानतर्फ अगाडि बढेको छ ।  आगामी आर्थिक वर्ष २०८१–८२ को बजेट उत्पादन एवं रोजगारी विस्तारमा केन्द्रित हुने गरी आउँछ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटलाई जनमुखी बनाउने तयारीका साथ सरकार अगाडि बढेको छ ।’

Advertisement

Advertisement