शेयर बजार दोहोरो अंकले घट्यो, सर्वोत्तम सिमेन्टमा पहिलोपटक ‘नेगेटिभ सर्किट’

Advertisement

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । आज बजार १७.३० अंकले घटेको हो । ०.८५ प्रतिशतले बजार घटेसँगै नेप्से २०१८.३३ अंकमा झरेको छ । 

आज निर्जीवन बीमा समूहबाहेक अरु सबै सूचक राताम्मे भएका छन् । 

Advertisement

आज ३१६ कम्पनीका ७९ लाख ५७ हजार ६ सय ५९ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २० करोड ५३ लाख ३२ हजार ३ सय २४.७६ रुपियाँ बराबरको कारोबार भएको हो । 

समग्रमा बजार घटे पनि आज सबैभन्दा बढी माया खोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरुले १० प्रतिशतले नाफा कमाएका छन् । 

त्यस्तै आज सर्वोत्तम सिमेन्टमा पहिलो पटक नेगेटिभ सर्किट लागेको छ । कारोबार खुला भएको दिनदेखि लगातार पोजेटिभ सर्किट लागेकोमा आज लगानीकर्ताहरुले ९.९९ प्रतिशतले घाटा व्यहोरेका छन् । 

आज सर्वोत्तम सिमेन्टकै उच्च कारोबार भयो । उक्त कम्पनीको २८ करोड ६८ लाख ९३ हजार ३ सय ३१.८० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 
 

Advertisement

Advertisement