सिटिजन्स बैंकद्वारा वार्षिकोत्सवको अवसरमा  निःशुल्क स्वास्थ्य शिविरहरु सञ्चालन

Advertisement

काठमाडौं । सिटिजन्स बैंकले १७औं बार्षिकोत्सवलाई मध्यनजर गर्दै निःशुल्क स्वास्थ्य शिविरहरु सञ्चालन गरेको छ ।

वैशाख ७ गते बैंकको बार्षिकोत्सवको अवसरमा चैत १७ गते बैंकले गण्डकी प्रदेश अन्तर्गत बेनी शाखा र कर्णाली प्रदेश अन्तर्गत सुर्खेत शाखाको सक्रियतामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो ।

Advertisement

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले गण्डकी प्रदेश बेनी नगरपालिका वडा नं ६ अर्थुङेमा स्थानिय बेनी सञ्जिविनी हेल्थ क्लिनिक संगको सहकार्यमा निःशुल्क स्वास्थ्य परिक्षणका साथै निःशुल्क औषधी वितरण गरको छ ।

यसैगरी कर्णाली प्रदेशको सुर्खेत जिल्ला, बराहताल गिरीघाटमा स्थानिय जि।पि।मेमोरियल नर्सिङ होम संगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

उक्त स्वास्थ्य शिविरहरुमा करिब ३०० जना भन्दा बढी व्यक्तिहरुले सेवा प्राप्त गरेको बैंकले जनाएको छ । बैंकले निःस्वार्थ भावले विभिन्न सामाजिक गतिविधि गर्दै आएको छ । गाउँ गाउँमा शिविरको आयोजना गरी रोगको उपचार मात्र नभएर रोगको रोकथाम गर्ने उद्देश्य अनुरुप शिविरको आयोजना गरिएको हो ।

निकट भविष्यमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत यस्ता स्वास्थ्य शिविर प्रदेशका अन्य शाखाहरु मार्फत पनि संचालन गर्ने योजना रहेको जनाएको छ ।

सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा निरन्तर सहयोग गर्दै आइरहेको बैंकले आगामी दिनहरुमा अन्य सशक्त ढंगबाट सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने योजना रहेको जनाएको छ ।

बैंकले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५३ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट १७ लाख ३८ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ । हाल ५५ जिल्लामा सेवा प्रदान गर्दै आएको बैंकले यसै आर्थिक वर्ष थप ५ शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्ने जनाएको छ ।

Advertisement