हिमालयन बैंकको १३ लाख २७ हजार संस्थापक शेयर बिक्रीमा, कहिलेसम्म आवेदन दिन सकिन्छ ?

Advertisement

काठमाडौं । हिमालयन बैंकले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न आठ संस्थापक शेयरधनीको नाममा रहेको १३ लाख २७ हजार ८६७ कित्ता शेयर बिक्रीमा राखेको हो । 

बैंकले संस्थापक शेयरधनी पुन प्रसाद सुवेदीको ३० हजार कित्ता, नम्रता श्रेष्ठको सात लाख ५० हजार ३९४ कित्ता, नारायण श्रेष्ठको चार हजार कित्ता, प्रकाश तायलको तीन लाख आठ हजार ३४८ कित्ता, तुलसी राम नेपालको सात हजार ४०९ कित्ता, ईश्वर लाल श्रेष्ठको एक लाख पाँच हजार ८०४ कित्ता, नरेशविक्रम सिजापतीको २२ हजार ३१३ कित्ता र गिरेन्द्र मान सिंह श्रेष्ठको ९९ हजार ५९९ कित्ता शेयर बिक्रीमा राखेको हो । 

Advertisement

यस शेयरमा हाल कायम संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् । शेयर खरिद गर्न इच्छुक संस्थापकले आवश्यक कागजातसहित ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, कमलादी, काठमाडौंस्थित कानुन तथा शेयर विभागमा आवेदन दिनुपर्नेछ ।

संस्थापक शेयरहरुको बिक्री मूल्य भने बिक्रेताअनुसार फरकफरक रहेको बैंकले जनाएको छ । 

तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेमा उक्त शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।

Advertisement