जगदम्बा स्टील्सद्वारा सेती प्रादेशिक अस्पतालमा ठूलो क्षमताको अक्सिजन प्लान्ट हस्तान्तरण

Advertisement

काठमाडौं । जगदम्बा स्टील्स लिमिटेडले इन्फिनिटी फाउन्डेसनसँगको साझेदारीमा धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा ठूलो क्षमताको प्रविधियुक्त नयाँ अक्सिजन प्लान्ट सहयोग स्वरुप हस्तान्तरण गरेको छ । 

प्लान्ट हस्तान्तरण समारोहमा सेती प्रादेशिक अस्पताल, धनगढीका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. खगेन्द्रराज भट्ट, सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर शाह (निर्मल) तथा जगदम्बा स्टील्स लिमिटेडका जनसम्पर्क उपाध्यक्ष कृष्णदत्त भट्ट, कानून प्रबन्धक (कम्पनी सचिव) विजय तिमल्सेना र जगदम्बा स्टील्सका बिक्री प्रतिनिधि नवीन पाण्डे लगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो । 

Advertisement

दुई संस्थाहरू बीचको यो सहकार्यले सामुदायिक कल्याण प्रतिको समर्पण मात्र नभई स्वास्थ्य सेवाको महत्वपूर्ण आवश्यकतालाई पनि सम्बोधन गर्दछ । अक्सिजन आवश्यक परेका विरामीहरूलाई समयमै अक्सिजन उपलब्ध गराउन स्थापना गरिएको यस अक्सिजन प्लान्टले स्थानीय समुदाय लगायत समग्र सुदुरपश्चिमका नागरिकलाई प्रभावकारी चिकित्सा सेवा सुनिश्चित गर्दै बिरामीहरूको सेवा गर्ने अस्पतालको क्षमतामा उल्लेखनीय वृद्धि गर्नेछ । 
 

Advertisement