वागमती प्रदेशको नाम परिवर्तन गरी नेपाः मण्डल राख्न जनप्रदर्शन गरिने

Advertisement

काठमाडौं । वागमती प्रदेशको नाम परिवर्तन गरी नेपाः मण्डल राख्न जनप्रदर्शन गरिने भएको छ । 

बहुल राष्ट्रिय राज्य स्थापनार्थ राष्ट्रिय मुक्ति क्रान्तिको लागि वागमतीको नाम खारेजी तथा काठमाडौं उपत्यकालाई नेपाः मण्डल घोषणा गर्न यस्तो दबाबमूलक कार्यक्रम गर्न लागिएको स्वनिग बिशेष व्युरो तथा नेवाः राष्ट्रिय परिषदले जनाएको छ । 

Advertisement

दुई संस्थाको आयोजनामा चैत्र २४ गते बिहान ११ बजे बसन्तपुरबाट बृहत् जनप्रदर्शनसहित र्यालिको आयोजना गरिने जनाइएको छ । र्यालिमा मधेसी, तामाङ, च्योबाङ, गुरूङ, राई, बाहुन, क्षेत्री, थारू, लिम्बू, शेर्पा, कुसुन्डालगायत नेपालमा रहेका सम्पूर्ण जातिको सहभागिता रहने भन्दै परिषदका संयोजक सुमन सायमी र ब्युरोका संयोजक रवीन्द्र श्रेष्ठले विभिन्न जातिको भेषभुषा, झाँकी, लाखे, बाजासहित जनप्रदर्शन हुने बताए । 

Advertisement