सुनको मूल्य प्रतितोला १ हजार ३ सय घट्यो, चाँदी पनि सस्तियो

Advertisement

काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । हिजो मूल्य बढेर रेकर्ड कायम भएको सुनको मूल्य प्रतितोला १ हजार ३ सय र चाँदीको मूल्य ३५ रुपियाँ घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३२ हजार ७ सय र तेजावी सुन प्रतितोला १ लाख ३२ हजार ५० रुपियाँमा कारोबार भइरहेको छ ।  

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ६ सय १५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement