राशिफलः आज (चैत्र २५) तपाइँको पेशा, व्यवसाय, शेयर कारोबार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०८० साल चैत महिनाको २५ गते आइतबार, चैत्र कृष्णपक्षको चतुर्दशी तिथि । आज पिशाच चतुर्दशी रहेको छ ।

मेष 
साथिहरुसँग भेटघाट हुने छ । नरम खालको बोली र स्वाभावका कारण बादबिादहरु समाधानतर्फ जाने छन् । भाग्यको बलियो साथ रहनाले आँटेका कामहरु पूरा हुने छन् । समय अनुकुल रहने छ । पेशा तथा ब्यापार ब्यवसायमा संघर्षको अवस्था आउन सक्छ । निर्णयहरु गर्दा धैर्यता साथ गर्नु उपयुक्त हुने छ । शेयर बजारमा गुमाउनु पर्ने छ ।

Advertisement

वृष 
इज्यत बढ्ने खालका क्षेत्रमा खर्च बढ्ने छ । पेशागत जीवनमा सन्तोष प्राप्त हुने छ । भाग्यको साथ कम हुने भएकाले कार्य सम्पादनमा भने केही ढिलाई हुन जाने छ । आम्दानीमा बृद्धि हुने तथा चाहेका सपनाहरु पूरा हुनेतर्फ जाने विषयले मनमा सन्तोष हुने छ । वित्तिय अवस्था र पुख्र्यौली सम्पत्तिको परिचालनबाट सुख र शान्ति प्राप्त हुने छ । शेयर बजारबाट लाभ मिल्ने छ ।

मिथुन 
भाग्य बलियो छ । पारीवारिक मिलनको वातावरण बन्ने छ । आवश्यक नै नपर्ने ठाउँमा पनि सुरोपना बढाई दिने भएकाले निर्णय गर्दा ब्यवाहारिक भई गर्नु होला । रिस अत्याधिक हुने भएकाले नियन्त्रण गर्ने प्रयास गर्नुहोस् । आम्दानीमा बृद्धि हुने छ तर नेतृत्वदायी जिम्मेबारी निर्वाह गर्दा अपेक्षाकृत सफलता प्राप्त हुने छैन् । शेयर बजार औसत रहने छ ।

कर्कट
व्यापार व्यावसायमा घाटा व्योहर्नु पर्ने छ । दुर्घटनाजन्य विषयमा सचेत रहनु होला । तर पनि व्यक्तित्व बोल्ड नै रहने छ । साथै मधुर खाले र धैर्य ब्यक्तित्व पनि कायम रहने छ । सामाजिक दृष्टिकोण तपाईप्रति सकारात्मक बनि रहने छ । विदेश यात्रामा सफलता मिल्ने छ । शेयर बजारबाट फाइदा मिल्ने छैन् ।

सिंह
रमाईलो व्यक्तित्व हुने छ । साथिभाइहरुसँग भेटघाट र जमघट हुने छ । पैतृक सम्पत्ति तथा धन सम्पत्तिका विषयमा सन्तोषजनक अवस्था रहने छ । आम्दानीमा पनि बृद्धि हुने छ । तर मनमा भने निराशा छाइरहने छ । पेशागत जीवनमा कदर हुनेछ । आफुले गरेको कामको उपयुक्त मूल्यांकन हुन जाने छ । ब्यापार बिजनेशमा आवद्धहरुको हकमा पनि आर्थिक लाभ हुने देखिएको छ । शेयर बजारबाट फाइदा मिल्ने छ ।

कन्या
झैझगडाबाट बच्नु होला । रमाईलाका क्षणहरुमा पनि कडा खालको शैलीले गर्दा वातावरण तनावग्रस्त हुने चुनौति देखिन्छ । दृढ खाले ब्यक्तित्व बन्ने छ । आँटेका काम सम्पन्न गर्न सक्छु भन्ने साहस र विश्वास आउने छ । जीवनसाथिको साथ लिएर अघि बढेमा भाग्य चम्किने छ । साझेदारीमा गरिएका कार्यहरु अनुकूल रहने छन् । शेयर बजारबाट लाभ वा हानी हुने छैन् । 

तुला 
मन प्रफुल्ल हुने छ । साझेदारीमा गरिएका कार्यहरु सकारात्मक बन्ने छन् । कर्मको क्षेत्रमा पनि लगनशिलता बढ्ने छ । भित्रि बुद्धिसहित कार्य सम्पादन गर्ने क्षमता बृद्धि हुनेछ । नेतृत्वदायी भुमिका निर्वाह गर्ने अवसर प्राप्त हुने छ । छोटो छोटो यात्रा हुने छ । शेयर बजारबाट फाइदा मिल्ने छ ।

वृश्चिक
साचे अनुसार आर्थिक फाइदा मिल्ने छैन् । ब्यापार ब्यवसायमा धेरै जोखिमका कदमहरु भन्दा ठिक्क जोखिम मात्र लिनु उपयुक्त हुनेछ । पेशागत जीवनमा अनेकौँ अबरोधहरु उत्पन्न हुने छन् । पारिवारका सदस्यहरुको साथ सहित अघि बढेमा कठिानाइसँग जुध्ने भरपर्दाे तागत प्राप्त हुनेछ । शेयर बजारबाट लाभ मिल्ने छैन् ।

धनु 
यात्रा गर्ने अवसर प्राप्त हुने छ । तर यात्रामा भने केही कठिनाई भोग्नु पर्ने छ । भाग्य बलियो भएकाले सुख शान्तिमा बृद्धि हुने छ । घर घडेरी, औषधि, जलविद्युत, सुरक्षा क्षेत्रमा आवद्धहरुलाई सफलता मिल्ने छ । तर बेला बेला आफूलाई भाग्यहिन भएको जस्तो विचार पनि आउन जाने छ । साझेदारीमा गरिएका कार्यहरु सकारात्मक बन्ने छन् । धन सम्पत्तिमा बृद्धि हुने छ । शेयर बजारबाट लाभ मिल्ने छ ।

मकर 
कुलतबाट बच्ने प्रयाु गर्नु नै उचित हुने छ । ब्यक्तित्वमा दृढता आउने छ । बोलीमा कडापन बृद्धि हुन पुग्ने छ जसले धन धान्य तथा सम्पत्ति प्राप्तीमा अबरोध पु¥याउने भएकाले बोलीको नियन्त्रणमा ध्यान दिँदा उपयुक्त हुने छ । मनमा उदासिनता र दुबिधा बढ्ने छ । यसले निर्णय क्षमतामा गिरावट ल्याउने छ । ब्यापार ब्यवसायमा भने लाभ मिल्ने छ । शेयर बजारबाट आशातित फाइदा मिल्ने छैन् ।

कुम्भ 
सवारीसाधनजन्य विषयबाट असजिलो भोग्नु पर्ने छ । भाग्य बलियो साथ रहेकाले जीवनका सपनाहरु पूरा हुने तर्फ अघि बढ्ने छन्  । आम्दानीमा बृद्धि हुने छ । तर मनमा भने एक प्रकारको नकारात्मक विचार आइरहने छ । पेशागत जीवन र ब्यावसायिक क्षेत्रमा नसोचिएका बादबिबाद तथा अबरोधहरुको सामना गर्नु पर्नेछ । शेयर बजारबाट आंशिक लाभ मिल्ने छ ।

मीन
व्यस्ततामा बृद्धि हुने छ । अरुको विश्वासका कारण आँट र भरोषा प्राप्त हुने छ । पेशागत जीवन तथा ब्यापार ब्यवसायमा नोकसानी ब्योहर्नु पर्ने भएकाले धेरै जोखिम भन्दा सन्तुलित कदम नै उपयुक्त रहने छ । मान प्रतिष्ठामा क्षति व्योहर्नु पर्ने छ । मनमा केही विचलनहरु उत्पन्न हुने भएकाले अस्थिरताले ठाउँ पाउने छ । साझेदारीमा गरिएका कामहरुमा प्रगति हुने छ । शेयर बजारबाट लाभ मिल्ने छैन् ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement