डिप्रोक्स लघुवित्तको साधारणसभा आज, यस्ता छन् एजेन्डा

Advertisement

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको साधारणसभा आज बस्दैछ । 

सभा पार्क सफारी रिसोर्ट, सौराहा, चितवनमा बिहान १० बजेदेखि सुरु हुनेछ ।

Advertisement

सभाले हाल कायम चुक्ता पुँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । 

त्यसैगरी, मर्जर तथा एक्विजिसनसम्बन्धी कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले चैत १५ गते एक दिनका लागि बुकक्लोज गरिसकेको छ ।

अतः चैत १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनी लघुवित्तको साधारणसभामा सहभागिता हुन तथा वितरण गरिने लाभांश प्राप्त गर्न सक्नेछन् ।

Advertisement