मेटल उद्योग आगलागी : मृतकको परिचय खुल्यो, १० लाख क्षति

Advertisement

काठमाडौं । ललितपुरको हात्तीवनस्थित सोफा बनाउने सिक्मा मेटल इन्टेक्समा शनिबार बिहान भएको आगलागीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेपलाञ्चोकको पाँचखालका राजु ठकुरी भनिने भोजबहादुर पहरीको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताए । 

मृतकका परिवारले उनको शव पहिचान गरेका हुन् । पहरी सोही कारखानामा काम गर्थे । 

Advertisement

त्यस्तै, आगलागीबाट रु १० लाख बढीको क्षति भएको प्रवक्ता सुवेदीले जानकारी दिए । 

विद्युत् चुहिएर आगलागी हुँदा सोफा तथा तिनलाई बनाउन प्रयोग गरिने कच्चा पदार्थ नष्ट भएको छ । 

Advertisement