रास्वपाले सहकारी प्रकरणमा संसदीय छानविन स्वीकार नगर्ने

Advertisement

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारी प्रकरणमा संसदीय छानबिन स्वीकार नगर्ने निर्णय गरेको छ । 

आज मंगलबार बसेको सो पार्टीको संसदीय दलको बैठकले आफ्ना सभापति रवि लामिछानेमाथि सहकारी हिनामिना प्रकरणमा नेपाली कांग्रेसले मिथ्या आरोप लगाएको भन्दै संसदीय छानबिन समिति गठन अस्वीकार गर्ने निर्णय गरेको हो । 

Advertisement

रास्वपाको बैठकले बैशाख २८ गतेदेखि बस्ने संसद्‌को बजेट अधिवेशनलाई प्रभावकारी बनाउने भूमिका खेल्ने निर्णय पनि गरेको छ । वाम गठवन्धनलाई साथ दिएर सरकारमा गएपछि कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री लामिछानेको भूमिकालाई जोडतोडका साथ उठाउँदै आएको छ । 

सहकारीको रकम हिनामिना प्रकरणको छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने कांग्रेसको माग छ । त्यो नगरेसम्म विरोध जारी राख्ने कांग्रेसका नेताहरुले बताउँदै आएका छन् । लामिछानेको बचाउ गर्दै आएका प्रधानमन्त्री पुष्पकमल दाहाल र सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी ओलीले संसद्‌ अवरोधको निकासका लागि समग्र सहकारी ठगीको विषयमा उच्चस्तरीय छानबिन समिति गठन गर्ने प्रस्ताव अघि सारेका छन् । 

Advertisement

Advertisement