तीन दिने ‘फेवा नव वर्ष महोत्सव’ चैत २९ देखि, खानाका स्थानीय परिकारहरु राखिने

Advertisement

काठमाडौं । उन्नाइसौं संस्करणको फेवा नव वर्ष महोत्सव चैत २९ देखि तीन दिन आयोजना हुने होटल संघ पोखराले जनाएको छ । 

यही आउँदो वैशाख १ सम्म चल्ने महोत्सव महोत्सवमा नेपाली रैथाने खाना समेत समावेश गरिने होटल संघ पोखराका अध्यक्ष तथा एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले जानकारी दिए । 

Advertisement

सेफ एसोसियसन अफ नेपालको सहकार्यमा हुने यो महोत्सव पोखराको गौरीघाटस्थित होटल ग्लेसियर एण्ड स्पामा खाना महोत्सव आयोजना हुनेछ । यसमा रैथाने खानाहरुलाई समावेश गरिने यो महोत्सवले स्थानीय खानाको अन्तर्राष्ट्रिय बजारीकरणमा समेत सहयोग पुग्ने उनको विश्वास छ । 

फेवा नव वर्ष महोत्सव ड्यामसाइड चोकदेखि खहरेचोकसम्म सञ्चालन हुनेछ । 

Advertisement