आव ०७४/०७५ सम्मको नगद लाभांश लैजान गरिमा विकास बैंकको आग्रह

Advertisement

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले भुक्तानी लिन बाँकी रहेका शेयरधनीलाई पुरानो नगद लाभांश लैजान आग्रह गरेको छ ।

बैंकले एक सूचना जारी गर्दै हालको गरिमा विकास बैंक र गाभिनुपूर्वका साविक शुभेच्छा विकास बैंक, साविक निलगिरी विकास बैंक र साविक साहारा विकास बैंकको साधारणसभाबाट पारित नगद लाभांश हालसम्म पनि केही शेयरधनीले नलिएकाले उक्त लाभांश ३५ दिनभित्र बुझिलिन आग्रह गरेको हो ।

Advertisement

यसका लागि शेयरधनीले गरिमा विकास बैंकको शेयर रजिस्ट्रार एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा सम्पर्क गर्नुपर्नेछ । 

सो समयभित्र आर्थिक वर्ष २०७४/०७५ सम्मको नगद लाभांश बुझिलिन नआएमा उक्त अवधिसम्मको बाँकी नगद लाभांश रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने बैंकले जनाएको छ । 

Advertisement