टाटा मोटर्सले ल्यायो ‘नयाँ वर्ष नयाँ कार’ योजना

Advertisement

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र अधिकारिक बितरक, सिप्रदी ट्रेडिङ्ग प्रालिले नयाँ वर्ष २०८१ को अवसरमा नयाँ वर्ष नयाँ कार २०८१ योजना ल्याएको छ । 

यस नयाँ वर्ष नयाँ कार योजनामा सहभागी हुन ग्राहकहरुले टाटा मोटर्सको सोरुममा गई नयाँ तथा अत्याधुनिक डिजाइनका नेक्सन इभी लगायतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन् । 

Advertisement

साथै जुनसुकै ब्राण्डका गाडीहरु एक्सचेन्जमा आकर्षक एक्सचेन्ज बोनस, १ वर्षको अटोप्लस इन्स्योरेन्स, १ वर्षको सवारी कर, एक्सेसरिज र फास्ट चार्जर नि:शुल्क प्राप्त गर्न सक्नेछन । 

यो योजना टाटा मोटर्सको नेपालभर रहेका शोरुमहरुमा लागु हुनेछ । यो योजना सिमित अवधिका लागि मात्र लागू हुनेछ । 

Advertisement