इटाली सरकारले २०२४ को वृद्धि प्रक्षेपण घटायो

Advertisement

एजेन्सी । इटालीको मन्त्रिपरिषद्ले आर्थिक र वित्तीय कागजातलाई अनुमोदन गरेको छ । 

सन् २०२४ का लागि आर्थिक पूर्वानुमान गत सेप्टेम्बरको १.२ प्रतिशत पूर्वानुमानबाट १ प्रतिशतमा घटाएको हो । 

Advertisement

डीईएफ आधिकारिक कागज हो, जसले आगामी तीन वर्षको लागि इटालीको आर्थिक र वित्तीय लक्ष्यहरू निर्धारण गर्दछ । 

सन् २०२५ को वृद्धि अनुमान पनि १.३ प्रतिशतबाट १.२ प्रतिशतमा घटाइएको छ । २०२६ का लागि १.२ प्रतिशतबाट १.१ प्रतिशतमा घटाइएको छ । सरकारको नयाँ वृद्धि प्रक्षेपण यस वर्षको सुरुमा युरोपेली संघ (इयु) द्वारा गरिएको भविष्यवाणी भन्दा उच्च रह्यो । जसले इटालीको २०२४ मा ०.७ प्रतिशत र २०२५ मा १.२ प्रतिशतले वृद्धि हुने अपेक्षा गरेको थियो । 

सरकारले सन् २०२४ को लागि कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४ दशमलव ३ प्रतिशत, २०२५ मा ३ दशमलव ७ प्रतिशत र सन् २०२६ मा ३ प्रतिशत बजेट घाटा लक्ष्य निर्धारण गरेको छ । डिइएफले यस वर्ष १३७.८ प्रतिशत, २०२५ मा १३८.९ प्रतिशत र २०२६ मा १३९.८ प्रतिशत सार्वजनिक ऋणको लक्ष्य राखेको छ ।

Advertisement

Advertisement