होण्डा टेक्निसियन स्किल कन्टेस्टमा विजयी टेक्निसियनहरु पुरस्कृत

Advertisement

काठमाडौं । होण्डाले आफ्नो डिलर नेटवर्कमा कार्यरत टेक्निसियनहरुको सिप र दक्षता अभिवृद्धी गर्ने र बिक्री पछिको सर्भिसको सेवा स्तर उत्कृष्ट बनाउने उद्देश्यका साथ आयोजना गरेको होण्डा टेक्निसियन स्किल कन्टेस्ट २०२४ सम्पन्न भएको छ ।  

उक्त कन्टेस्टमा एस.टि.सि वर्कशप टेकुका प्रलाद दाहालले प्रथम पुरस्कार प्राप्त गरे । त्यसैगरी ओम सत्य साही अटो सिटि प्रा.लि इटहरीका गजेन्द्र बुढाथोकी द्वितीय र एस.टि.सि वर्कशप कोहलपुरका सन्तोष अर्जेलले  तृतीय पुरस्कार प्राप्त गरे । नगद पुरस्कारको राशी ५० हजार , ३० हजार र २० हजार साथै सबै सहभागीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।  

Advertisement

नेपाल अटो मेकानिक्स ट्रेड युनियनका केन्द्रीय अध्यक्ष प्रदिप घिमिरे तथा स्याकार ट्रेडिङका विभिन्न डिभिजन प्रमुखहरुको उपस्थितिमा सो कार्यक्रम चैत २८ गते होण्डाको ट्रेनिङ सेन्टर ग्वार्को ललितपुरमा सम्पन्न भएको हो । प्रतियोगिता अवधिभर होण्डा जापानले उपलब्ध गराएको मार्ग निदेशन अनुशार टेक्निसियनहरु होण्डा स्टयान्डर्ड प्रोसिडयुअर अन्तर्गत रहेर प्रतियोगितामा सहभागी भएका थिए । 

नेपालका लागि होण्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनि प्रालि अन्तर्गत सर्भिस डिभिजनको अगुवाइमा विभिन्न ५ वटा क्षेत्रीय प्रतियोगिता सम्पन्न गरि प्रत्यक क्षेत्र बाट २÷२ जना छनोट गरी राष्ट्रिय  स्तरको प्रतियोगितामा  संचालन गरिएको थियो । 

undefined
 

Advertisement

Advertisement