दश ठूला वाणिज्य बैंकको ऋण पोर्टफोलियो रिभ्यु गर्न सर्टलिष्टमा परे पाँच लेखापरीक्षक

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुको ऋण पोर्टफोलियो रिभ्यु गर्न बाह्य लेखापरीक्षकको प्रारम्भिक छनोट गरेको छ ।

राष्ट्र बैंकले आज अन्तर्राष्ट्रिय मुद्रा कोषको विस्तारित कर्जा सुविधा शर्तअनुसार सर्टलिष्टमा परेका पाँच लेखापरीक्षकको सूची प्रकाशित गरेको हो । 

Advertisement

राष्ट्र बैंकका अनुसार नेदरल्याण्ड, भारत र पाकिस्तानका बाह्य लेखापरीक्षक प्रारम्भिक छनोटमा परेका छन् । 

यी ५ मध्ये एउटाले १० ठूला बैंकको लेखापरीक्षण गर्ने छन् । 

undefined

 

Advertisement

Advertisement