सगरमाथा लुम्बिनी इन्स्योरेन्सका अध्यक्ष मुलले लिए सपथ

Advertisement

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष मनोहर दास मुलले आज पद तथा गोपनियताको सपथ लिएका छन् ।  

चैत्र २७ गते सम्पन्न साधारण सभाबाट निर्वाचित सञ्चालक समितिको बैठकले कम्पनीको अध्यक्षमा मुललाई नियुक्त गर्ने निर्णय बमोजिम आज नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल समक्ष शपथग्रहण गरेका हुन् । 

Advertisement

उक्त अवसरमा प्राधिकरणका तर्फबाट निर्देशक पुजन ढुंगेल अधिकारी एवम् कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री लगायतको उपस्थिति रहेको थियो ।
 

Advertisement