सिटिजन्स बैंकद्वारा वार्षिकोत्सवको अवसरमा ग्राहकहरुका लागि आकर्षक योजना सार्वजनिक

Advertisement

काठमाडौं । सिटिजन्स बैंकले १७औं वार्षिकोत्सवको उपलक्ष्यमा आकर्षक योजनाहरु सार्वजनिक गरेको छ ।

वैशाख ७ गतेको वार्षिकोत्सवलाई ध्यानमा राखेर बैंकले वैशाख १ गते देखि ३१ गतेसम्म विभिन्न सुविधामा छुट, क्यासब्यक, लगायतका योजनाहरु सार्बजनिक गरेको हो ।

Advertisement

यो योजना अन्तर्गत डेबिट-क्रेडिट कार्ड प्रयोगकर्ताहरुले पस मेसिन र अनलाईन मार्फत १ हजार वा बढीको कारोबार गर्दा १७ प्रतिशत वा बढिमा १७० रुपियाँ क्यासब्याक दिइने छ ।

यस्तै सिटिजन्स स्मार्ट मार्फत क्युआर कोड स्क्यान गरी भुक्तानी गर्ने ग्राहकहरुको लागि पनि ५ सय रुपैयाँ वा बढीको कारोबार गर्दा १७ प्रतिशत वा बढीमा १७० रुपियाँ क्यास ब्याक प्रदान गरिने बैंकले जनाएको छ ।

डिजिटल भुक्तानीको अर्को माध्यम इ-कम कार्डको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले योजना अवधीभरमा इ९कम कार्ड लिन चाहनुहुने ग्राहक महानुभावहरुलाई सो कार्ड निःशुल्क रुपमा उपलब्ध गराउने जनाएको छ ।

बैंकले यो योजना अवधिभर ग्राहकहरुका लागि निःशुल्क डिम्याट खाता खोलिदिने व्यवस्था गरेको छ । साथै बैंकका निष्क्रिय मोबाईल बैंकिङ्ग ग्राहकहरुलाई योजना अवधिभर सेवा सक्रिय गर्दा एकमुष्ठ १५० रुपियाँ छुट प्रदान गरिने समेत जानकारी बैंकले गराएको छ ।

बैंकले देशैभरी रहेका १९० वटा शाखा, १५३ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख ४६ हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको जनाएको छ । 

हाल ५५ जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको बैंकले यसै आर्थिक वर्ष थप ७ शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्ने उल्लेख गरेको छ ।

Advertisement

Advertisement