रिडी पावरको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

Advertisement

काठमाडौं । रिडी पावर कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले चैत २९ गतेदेखि बिक्री खुला गरेको लिलामी शेयरमा आजसम्म बोलपत्र पेस गर्न सकिनेछ । 

कम्पनीले माघ २१ गतेसम्म कायम शेयरधनीहरुलाई १ बराबर ०.५० अनुपातमा निष्कासन गरेको हकप्रद शेयरमा आवेदन नपरेको ११ लाख ३५ हजार ६५७ कित्ता शेयर चैत २९ गतेदेखि शिलबन्दी बोलपत्र प्रक्रियामार्फत बिक्री गरेको थियो । 

Advertisement

जोकोही इच्छुक लगानीकर्ताले शिलबन्दी बोलपत्र पेस गर्न सक्नेछन्।

प्रतिकित्ता न्यूनतम १०० रुपियाँ तोकिएको शेयरमा लगानीकर्ताले सो वा सोभन्दा बढी अंकित मूल्य गरी शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ । बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ता र अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिने बताइएको छ । 

लगानीकर्ताले बिक्री प्रबन्धकका साथै मुक्तिनाथ विकास बैंकका ठिमी–भक्तपुर, कुमारीपाटी–ललितपुर, बिर्तामोड, विराटनगर, वीरगंज, जनकपुर, हेटौँडा, नारायणगढ, चिप्लेढुंगा–पोखरा, बागलुङ, बुटवल, घोराही–दाङ, नेपालगंज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखा कार्यालयबाट पनि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । 

Advertisement