शेयर बजार स्थिर, साढे २ अर्बको कारोबार

Advertisement

काठमाडौं । शेयर बजार आज स्थिर रहेको छ । आज बजार ०.१५ अंकले मात्रै उचालिएको हो । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका अनुसार नेप्से १९६९.१७ अंकमा पुगेको छ । आज बैंकिङ, वित्त, उत्पादनमूलक उपसूचक बढे पनि अरु राताम्मे भएका छन् । 

Advertisement

त्यस्तै आज ३१३ कम्पनीका ७२ लाख ८४ हजार २ सय ७२ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ५३ करोड ६४ लाख ३१ हजार ९ सय ९८.५० रुपियाँ बराबरको कारोबार भएको छ । 

पोखरा फाइनान्स र गुराँस लुघवित्तका लगानीकर्ताहरुले क्रमशः १० र ९.९२ प्रतिशतले नाफा कमाएका छन् । 

यसैगरी माई खोला हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी ७.८४ प्रतिशतले घाटा व्यहोरेका छन् । 

आज नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयर सबैभन्दा बढी किनबेच भएको छ । उक्त कम्पनीको ६३ करोड ३० लाख ९३ हजार २ सय ५८.५० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।  

साताको पहिलो दिन आइतबार १२.२९ अंकले बजार बढ्दा २ अर्ब २५ करोड ९९ लाख ५९ हजार ४ सय ५६.८९ रुपियाँ र सोमबार १५.४१ अंकले बजार घट्दा २ अर्ब ५ करोड ८३ लाख ५ हजार १ सय ८५.१९ रुपियाँ बराबरको कारोबार भएको थियो । हिजो मंगलबार सरकारले कतारका राजाको भ्रमणका अवसरमा सार्वजनिक बिदा दिए पछि शेयर बजार बन्द थियो । 

Advertisement