इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाईसी सुविधा

Advertisement

काठमाडौं । नयाँ साल २०८१ लाई लक्षित गरी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले इन्स्योरेन्स कम्पनीहरुमै पहिलो पटक बैशाख ९ गतेबाट लागु हुने गरी भिडियो मार्फत केवाईसी लिने प्रकृया जारी गरेको छ ।

विदेशमा बसोबास गर्ने व्यक्तिहरुको बीमा गर्दा ई–एप्लिकेशन डिक्लरेशन फर्मसहित आवश्यक सबै विवरणहरु अभिकर्ता पोर्टल मार्फत प्राप्त हुन्छ । केवाई सम्वन्धी व्यवस्थालाई थप प्रभावकारी बनाउन कम्पनीले कम्पनीले भिडियो केवाईको अवधारणा ल्याएको छ ।  

Advertisement

प्रस्तावित बीमितले सम्पूर्ण आवश्यक विवरणहरु अभिकर्ता पोर्टल मार्फत पेश गरे पश्चात् ई–एप्लिकेशन डिक्लरेशन फर्ममा आवश्यक विवरणहरु भरी स्क्यान गरी अनलाइन मार्फत रजिष्टर्ड भएको प्रस्तावमा अपलोड गर्नुपर्नेछ । प्रस्तावित बीमितले कम्पनीद्वारा निर्धारण गरिएको विषयमा आफ्नो केवाईसीसम्वन्धी भिडियो बनाएर सिटिजन लाइफमा उक्त पठाउनु पर्नेछ । 

यस भिडियो केवाईसीको सुविधाले बीमा अभिकर्ताहरुलाई व्यवसाय गर्न थप सहज हुने कम्पनीको अपेक्षा छ । 
 

Advertisement