कृषि तथा पशुपन्छी बीमा व्यवसाय तथा दाबी भुक्तानी नरोक्न प्राधिकरणको निर्देशन

Advertisement

काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल बीमक संघले बीमा बजारमा भ्रम सिर्जना गरेको भन्दै आपत्ति जनाएको छ ।

बुधबार नेपाल बीमक संघले कृषि बीमा सम्बन्धी जारी गरेको विज्ञप्ति प्रति आपत्ति जनाउँदै प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बुधबारनै ध्यानाकर्षण गराएका हुन् । 

Advertisement

कृषि तथा पशुपन्छी बीमा व्यवसायलाई भरपर्दो र विश्वसनीय बनाउने तथा सरकारबाट प्राप्त हुन बाँकी रकम यथाशीघ्र उपलब्ध गराउन पहल भइरहेकाले बीमा व्यवसाय तथा दाबी भुक्तानी नरोक्न निर्देशन दिइएको हो । 

undefinedसरकारले अनुदान नदिंदा कृषि बीमाको कारोबार ठप्प, ‘उद्यारोमा बीमा गर्न मिल्दैन’: कम्पनीहरु

यसअघि आजै नेपाल बीमक संघले नेपाल सरकारलाई कृषि बीमा वापतको अनुदानको रकम तत्काल भुक्तानी दिन आग्रह गरेको थियो । 

निर्जिवन बीमा कम्पनीहरुको छाता संगठन नेपाल बीमक संघले सरकारले कृषि बीमाको अनुदानको रकम तत्काल भुक्तानी नगरे बीमा कम्पनीहरुले दाबी भुक्तानी दिन नसक्ने अवस्था पुगेको विज्ञप्तिमा उल्लेख गरेको थियो । 

 ‘उपरोक्त अनुदान रकम उपलब्ध गराउन कृषि तथा पशुपन्छी मन्त्रालय, कृषि विभाग र नेपाल बीमा प्राधिकरणलाई पटक–पटक मौखिक तथा लिखित अनुरोध गर्दासमेत हाल सम्म प्राप्त भएको छैन,  ‘यो कारणले बीमा कम्पनीहरु अत्यधिक जोखिममा रहेका छन् ।’, विज्ञप्तिमा उल्लेख छ । 

विज्ञप्तिमा अगाडि लेखिएको छ, ‘बीमक संघको वैशाख १० मा बसेको पूर्ण बैठकको निर्णयअनुसार सरकारले भुक्तानी गर्नुपर्ने अनुदान रकम यथाशक्य उपलब्ध गराउन अनुरोध गर्दछौँ, अन्यथा नगद प्रवाहको अभावमा बीमकहरुलाई दाबी भुक्तानी गर्न असहजता हुनेछ ।’
 

Advertisement