कांग्रेस नेतृ आरजु संलग्न टीकापुरको ३० विघा जग्गा अनियमिततामा पनि सीआईबी प्रवेश

Advertisement

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ आरजु राणादेखि नागरिक उन्मुक्ति पार्टीका संरक्षक संलग्न रहेको भनिएको कैलालीको टीकापुरस्थित ३० विघा सरकारी जग्गा अनियमितता प्रकरणको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान सुरू गरेको छ ।

टीकापुर क्षेत्रको विकास गर्न भनेर स्थापित टीकापुर विकास समिति र पहुँचवालाको मिलेमतोमा उक्त क्षेत्रमा ठूलो मात्रामा सरकारी जग्गा हिनामिना भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसअघि २४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिए पनि पहुँचवाला भने जोगिँदै आएका थिए । 

Advertisement

अख्तियारको पत्राचारपछि ब्यूरोले कीर्तेतर्फ पनि अनुसन्धान थालेको जनाइएको छ । ब्यूरो प्रमुख श्याम ज्ञवालीले अख्तियारको पत्रपछि कीर्तेतर्फ पनि टीकापुरको जग्गाको अनुसन्धान थालेको मिडियालाई बताएका छन् । छानविनका लागि ब्यूरोले त्यसतर्फ टोली पठाउने तयारी गरेको छ । 

टीकापुर नगरपालिका–१ स्थित टीकापुर बजार क्षेत्रको उक्त सरकारी जग्गा नगर विकास समितिका तत्कालीन पदाधिकारी र कर्मचारीको संलग्नतामा प्लटिङ गरेर बदनियतपूर्ण रुपमा रकम उठाइ बेचबिखन गरेको, व्यक्ति तथा संघ–संस्थाहरुलाई वितरण गरी हक हस्तान्तरण गर्दा नगर विकास ऐन, २०४५ तथा नगर विकास निर्देशिका, २०६१ मा भएको व्यवस्थाबमोजिम उपलब्ध गराउनु पर्नेमा त्यसविपरीत नक्कली कागजात खडा गरी व्यक्तिका नाममा हस्तान्तरण भएको अख्तियारले औंल्याएको छ 
। 

जग्गा हिनामिनाको क्रममा थुप्रै सरकारी कागजपत्र कीर्ते बनाइएको खुलेपछि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गराइसकेको छ । त्यस क्रममा पहुँचवालालाई प्रतिवादी नबनाइए पनि कीर्तेमा छानविन सरु गरेर सरकारले कांग्रेसलाई तर्साउने अस्त्रको रुपमा प्रयोग गर्न खोजेको देखिएको छ । 

Advertisement

Advertisement