प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बस्दै

Advertisement

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पुनः बस्दैछ । 

बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । 

Advertisement

हिजोको बैठकमा  प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको बचत अपचलनबारे गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नका लागि समिति गठन गर्नुपर्ने मागसहित नाराबाजी गरेको थियो । 

नाराबाजीकै बीच सभामुख देवराज घिमिरेले गृहमन्त्रीलाई बोल्न समय दिएका थिए । तर, कांग्रेसका नेताले घेराउ गरेपछि उनी बोल्न जान पाएनन् । यही प्रंसगलाई लिएर कांग्रेस सांसद धनराज गुरुङ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच धकेलाधकेलसमेत भएको थियो । 

स्थिति बिग्रने देखिएपछि समामुख घिमिरले बैठक आज (शुक्रबार) बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको जानकारी गराएका थिए । 

त्यसैगरी राष्ट्रिय सभा बैठक पनि आजै बस्दैछ । बैठक दिउँसो १ १५ बजे बस्नेछ । 

बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पढेर सुनाउने, राष्ट्रपतिबाट भएको सम्बोधनको प्रति टेबुल गर्ने, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रबारे जानकारी गराउने, राष्ट्रपतिको सम्बोधनका लागि धन्यवाद प्रस्ताव प्रस्तुत गर्ने, समिति सदस्यको नाम मनोनयन र अध्यादेश पेसलगायतका बुँदा छन् ।

Advertisement

Advertisement