कर बढ्ने हल्लासँगै एक महिनामै भित्रिए १४ सय बढी विद्युतीय गाडी

Advertisement

काठमाडौं । बजेट आउने अघिल्लो महिना अर्थात बैशाखमा एक हजारभन्दा धेरै विद्युतीय सवारी साधन (ईभी) भित्रिएका छन् । बजेटमार्फत कर बृद्धि हुनसक्ने हल्ला चलेसँगै विद्युतीय गाडी आयात गरिएको देखिएको छ ।  

भन्सार विभागले आज सोमबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार बैशाखमा एक हजार ४०४ वटा विद्युतीय कार, जिप र भ्यान आयात भएको छ । 

Advertisement

तथ्याङ्क अनुसार  आव २०८०–८१ साउनदेखि बैशाखसम्म आठ हजार ४९७ वटा विद्युतीय सवारी साधन मात्रै आयात भए, जसमध्ये ५० किलोवाट सम्मका तीन हजार ४७२, ५१ देखि सय किलोवाटसम्मका चार हजार ८९६ वटा र १०१ किलोवाटदेखि दुई सय किलोवाटसम्मका १०५ वटा र दुई सय किलोवाट माथिका २४ वटा विद्युतीय गाडी आयात भएको तथ्याङ्कमा उल्लेख छ ।  

यो संख्या अघिल्लो वर्षको समीक्षा अवधिभन्दा झण्डै तीन गुणा धेरै हो । आर्थिक वर्ष २०७९–८० को १० महिनामा दुई हजार ९५५ वटा विद्युतीय गाडी आयात भएको थियो ।

Advertisement